युनाइटेड क्लब पोखराको १३ औं वार्षिकोत्सवः सप्ताहव्यापी कार्यक्रम सुरु
पाेखरा | चैत ३०, २०७९
पोखरा: युनाइटेड क्लब पोखराले आफ्नो स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको युनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीबाट बचत रकमले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
क्लबले १३ औं वार्षिकोत्सवको अवसर पारेर बिहिबारदेखि सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज (बिहिबार) महिला कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला अदालत कास्कीका न्यायधीश माननीय अवनि मैनालीले महिलाहरुले कानुन आफ्नो पक्षमा छ भन्दैमा पुरुषहरुलाई पिडा दिने गरी कानुनको दुरुपयोग गर्न नहुने बताइन । पछिल्लो समय महिलाहरुले कानुनलाई आधार मानेर विभिन्न मुद्धा मामिलाहरु अगाडी बढाउदा पुरुषहरु पिडित बनेको उनको भनाइ रहेको थियो ।
घरभित्रको हरेक काममा पुरुषहरुले सहकार्य गरेको खण्डमा महिलाहरुलाई हरेक काममा सहज हुने र महिलाहरु अगाडी बढ्न सक्ने बताइन । आधा भन्दा वढी महिलाको संख्या रहेकाले महिलालाई अगाडी बढाउनकै लागि महिलाको हकको ब्यवस्था गरिएको उनको भनाइ रहेको थियो । त्यस्तै जिल्ला अदालत कास्कीका नायव सुब्बा महेन्द्र प्रसाद तिमिल्सिनाले महिला दिदीबहिनीहरुले कानुनी कुराहरु नजान्दाखेरी विभिन्न समस्यामा परिरहेको बताउदै यस्ता कार्यक्रमले महिला दिदीबहिनीहरुलाई केही मात्रामा भएतापनि कानुनी जानकारी दिन पाउदा खुसी लागेको बताए ।
कार्यक्रममा सहभागी कालिका मन्दिर परिसर महिला समुहका अध्यक्ष माया केसीले बजारमा भन्दापनि गाउका दुर दराजमा रहेका महिलाहरु अझैपनि कानुनको बारेमा जानकारी नहुदा दुख पाइरहेको वताउदै यस्ता कार्यक्रमहरुलाई गाउ तर्फ केन्द्रीत गर्न सके राम्रो हुने बताइन । आफुहरुलाई थोरै समय भएपनि महिला कानुनको बारेमा जानकारी लिने अवसर प्रदान गरेकोमा आयोजक युनाइटेड क्लबलाई धन्यवाद समेत ब्यक्त गरिन ।
युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिब दिनेश सुनारले गरेका थिए । क्लबका कार्यसमिति सदस्य दिवानी सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा १ सय ६० जना महिला दिदीबहिनीहरुको सहभागीता रहेको थियो ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

